Techie IT
  • १६ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • १६ फागुन २०८२, शनिबार

मकवानपुरगढीमा मनलाग्दी खोला उत्खनन् , प्रहरी, प्रशासन र पालिका सबै चुपचाप


असारदेखि भदौसम्म नदी तथा खोलाबाट गिट्टी बालुवा निकाल्न सरकारले प्रतिबन्ध लगाएको छ। तर मकवानपुरगढी गाउँपालिका भित्र रहेका खोला तथा खहरेबाट निर्वाध रुपमा खोला उत्खनन् गरी अवैध रुपमा ओसारपसार हुने गरेको छ ।

ADVERTISEMENT

वर्षायाममा अबैधरुपमा जथाभावी खोला उत्खनन् हुँदा पालिका भित्र रहेका प्रहरी प्रशासनले कुनै चासो देखाएको छैन । प्रहरी प्रशासनकै अगाडिबाट ट्याक्टरमा नदीजन्य पदार्थ ओसारपसार गरे पनि प्रहरीले सोधपुछसमेत नगर्ने गरेको नागरिकको आरोप छ।  बाढी आउने भएका कारण बर्खाका तीन महिना असार, साउन र भदौमा नदीजन्य पदार्थ उत्खनन्मा निषेध गरिइएको छ। तर मकवानपुरगढी गाउँपालिकामा भने अबैध खोला उत्खनन् भैरहेको छ ।

ADVERTISEMENT

गाउँपालिका भित्रको सामरीखोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् लगातार भईरहदा  स्थानीय सरकारले कुनै कारवाही गर्न सकेको छैन । आफ्नो क्षेत्राधिकारमा रहेका खोला दोहन हुँदा पनि स्थानीय तहले बेवास्था गरेको हो ।  जनप्रतिनिधि र प्रहरीकै मिलेमतोमा नदीजन्य पदार्थ अवैध रुपमा निकासी भइरहेको स्थानीय बताउँछन्।  ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् भइरहेको स्थानीय सरकारलाई जानकारी हुँदासमेत कानमा तेल हालेझैँ गरेर बसेको स्थानीयको आरोप छ ।

यसबारे प्रहरीलाई पटकपटक फोन गरेर खबर गर्दा समेत प्रहरीले बेवास्ता गर्ने गरेको एक स्थानीय बताउछन् ।

ADVERTISEMENT

मकवानपुरगढीको ३,४,५ र ६ नम्बर वडामा पर्ने सामरी खोलाको डुम्रेकुना देखि बुङ्ग्दल सम्म नदिजन्य पदार्थ अबैध रूपमा दोहन हुँदा वडाका जनप्रतिनिधिसमेत नदेखे झैँ गर्ने गरेका छन् ।

 


प्रकाशित मिति : बुधबार, २०८० साउन १०, २२ :२८ बजे
ट्याग : #अबैध, #खोला उत्खनन्, #गाउँपालिका, #जिल्ला प्रहरी कार्यालय मकवानपुर, #मकवानपुरगढी गाउँपालिका

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट