Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

विवादित स्वास्थ्य सचिव बद्री खड्काले किन छोड्न मान्दैनन् मन्त्रालय ? के छ अदालतको आदेशमा ?


बागमती प्रदेशका स्वास्थ्य सचिव बद्रि बहादुर खड्का विवादै विवादमा मुछिएका सचिव हुन् ।

ADVERTISEMENT

प्रदेशको अस्पतालमा खरिद गरिएको २५ करोडको सिटिस्क्यान मेशिनमा अनियमितता गरेकोदेखि उनीविरुद्ध विभिन्न मुद्दा अख्तियारमा रहेका छन् तर उनि राजनीतिक आडमा प्रदेशको स्वास्थ्य सचिवमा अर्का सचिवलाई पठाएपनि हेटौंडा छाड्न आनाकानी गरेर बसेका छन् ।

ADVERTISEMENT

२०८० मंसिरबाटै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सचिव हेरफरको विषय चलिरहेको थियो । निवर्तमान स्वास्थ्य मन्त्री उत्तम जोशी र सचिव खड्काबीचको मनमुटावले उत्पन्न सरुवाको लफडा सर्वोच्च अदालतसम्म पुगेको थियो । मन्त्रालय स्रोतकाअनुसार स्वास्थ्य उपकरण खरिदमा चलखेल देखिएको भन्दै सचिव खड्काले कर्मचारीलाई स्पष्टीकरण सोधेपछि मन्त्री जोशीसँग मनमुटाव बढेको थियो ।

त्यसपछि १२ मंसिर ०८० मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाउने निर्णय गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेको थियो । उनलाई विभागीय मन्त्रीसँग समन्वयमा काम नगरेकोलगायत कारण देखाएर सरुवा गरिएको थियो ।

ADVERTISEMENT

सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध खड्का १९ मंसिरमा सर्वोच्च अदालत गएका थिए । सरकारले १०औं तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो । २० मंसिरमा मन्त्रिपरिषद् बैठकले तिवारीसहित अन्य चार जना स्वास्थ्यकर्मीलाई ११औं तहमा बढुवा गरेको थियो । २८ मंसिरमा सर्वोच्चका न्यायाधीश हरि फुँयालको इजलासले खड्कालाई जिम्मेवारीबाट हटाउने निर्णयमाथि कारण देखाऊ आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछी खड्का नै सचिव रहेका थिए ।

अदालतको आदेशमा उनको ठाउँमा संघिय सरकारले अर्का व्यक्तिलाई नखटाएकाले उनीभन्दा तल्लो तहकालाई सचिवको रुपमा पठाउन नमिल्ने भनेको छ । आदेशमा भनिएको छ ‘ निवेदक प्रदेश स्वास्थ्य सचिव (११ औं तह) मा मिति २०७८ । ६ । १२ को निर्णय र मिति २०७८।६।१३ को पत्राचार अनुसार उक्त पदमा संघीय सरकारवाट खटाएको देखिन्छ। हाल संघीय सरकारबाट उक्त पदमा अन्य व्यक्तिलाई खटाएको पनि नदेखिएको, निवेदक भन्दा तल्लो तहका दीपक प्रसाद तिवारीलाई मिति २०८०।८।१२ को निर्णय र मिति २०८०।८।१५ को पत्रले निमित्त सचिवको रुपमा खटाएको देखिँदा तथा निवेदकको पदको दरबन्दी नभएको मुख्यमन्त्रीको कार्यालयमा निवेदकलाई खटाएको देखिँदा सुविधा सन्तुलनको दृष्टिकोणबाट निज निवेदकलाई मिति २०८०।८।१२ को निर्णय अनुसार निजको दरबन्दी नभएको ठाउँमा नपठाउनु निजलाई प्रदेश स्वास्थ्य सचिवको रुपमा यथावत काम गर्न दिनू। प्रत्यर्थी दीपक प्रसाद तिवारीलाई प्रदेश स्वास्थ्य सचिवमा गरेको नियुक्ति हाललाई कार्यान्वयन नगर्नु नगराउनु’ ।

तर सचिव खड्का भने सरकारले उनको ठाउँमा डा प्रविन श्रेष्ठलाई सचिवको रुपमा पठाएपनि मन्त्रालय छोड्न मानेका छैनन् । संघिय मामिला तथा सामान्य प्रशासन् मन्त्रालयले उनलाई मन्त्रिपरिषद्को गत बैसाख १३ गरेको निर्णय अनुसार प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गरेको थियो ।


प्रकाशित मिति : सोमवार, २०८१ जेष्ठ १४, १२ :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट