Techie IT
Hetauda Khabar

हेटौंडा बजारमा गाडीको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते


हेटौंडामा गाडीले पैदलयात्रीलाई ठक्कर दिदा एकजना गम्भीर घाइते भएका छन् । आइतबार बिहान हेटौंडा-२ नगरपालिका रोडबाट हेटौंडाको बसपार्क तर्फ जाँदै गरेको ना १ ज ८३३७ न.को फोर्स गाडीले अन्दाजी ४०/४५ बर्षिय सडकपेटिमा प्लास्टिक टिपि हिड्ने एक व्यक्तिलाई ठक्कर दिएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागी हेटौडा अस्पताल लागिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेको नाम थर वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट