Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

गुञ्जनबहादुर न्यौपानेको ७ संकल्प – हेटौंडा अस्पतालको स्तरोन्नति, प्लस टु सम्म निःशुल्क अध्ययन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) का  उम्मेदवार  गुञ्जनबहादुर न्यौपानेले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्। सोमबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् न्यौपानेले ७ बुँदे चुनावी संकल्प सार्वजनिक गरेका हुन्।

ADVERTISEMENT

उनको प्रतिवद्धतापत्रमा हेटौंडा अस्पताललाई स्तरोन्नति गर्ने, प्लस टु सम्म निःशुल्क अध्ययनको प्रबन्ध मिलाउने, बेरोजगार युवालाई सीपमुलक तालिम दिने, औद्योगिक क्षेत्रको विकास तथा विस्तार गरी स्थानीय युवालाई रोजगारी दिने उल्लेख गरेका छन्।

ADVERTISEMENT

सबै जातजाति, भाषाभाषीको हितमा राज्यको चासो र लगानी बढाउँदै यौनिक तथा अल्पसंख्यक समुदायको विकासमा पहलकदमी गर्ने उनले बताए।

प्रदुषण नियन्त्रण गर्ने, विभिन्न जातजातिको भाषा तथा लिपी अध्ययन प्रतिष्ठान बनाउने, कम ब्याजदरमा ऋण प्रवाह गर्न बैंकहरुलाई पहल गर्ने, वन जंगल सार्वजनिक, जग्गा नदी तट क्षेत्रलाई व्यवस्थित गरी त्यसलाई आम्दानीसँग जोड्ने, धार्मिक क्षेत्रको संरक्षण गर्ने, दीर्घ रोगीलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने, आयुवेर्दिक र प्राकृतिक उपचार पद्धतीमा जोड दिने उनले बताए।

ADVERTISEMENT

२०४७ सालदेखि राजनीतिमा सक्रिय रहेका न्यौपानेले आफू निर्वाचित भएपश्चात् संघीयता खारेजीका लागि अग्रणी भूमिकामा रहेर पहल गर्नेसमेत उल्लेख गरेका छन्।


प्रकाशित मिति : सोमवार, २०७९ कार्तिक २१, २१ :०८ बजे
ट्याग : #आमनिर्वाचन, #चुनाव, #मकवानपुर

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट