Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

गणतन्त्रका लागि लड्नेमाथि गोलि हान्ने कमल थापालाई बोक्ने एमालेले जिते मुलुक दुर्घटनामा जान सक्छ- बानियाँ

अबको निर्वाचनबाट मकवानपुर एमालेविहीन हुने बानियाँको दावी


नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले गणतन्त्रका लागि लडेकाहरुलाई गोली हान्ने कमल थापा र देश टुक्राउँछु भन्ने सीके राउत लगायतलाई एमालेले बोकेर हिंडेकोले एमालेले चुनाव जिते मुलुक दुर्घटनामा जान सक्ने बताएका छन् ।

ADVERTISEMENT

चुनावी अभियान अन्तर्गत मंगलबार मनहरी गाउँपालिका–३ हाँडीखोलामा भएको लोकतान्त्रिक–वाम गठबन्धनको चुनाव प्रचार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले झुटको कुरा गर्ने एमालेबाट जनताको शान्ति र समृद्धि सम्भव नभएको बताए । ‘एमालेले मुलुकमा सधैं झुटा आश्वासन र नारा बाहेक केही दिन सकेको छैन’, बानियाँले भने, ‘एमालेको नेता, नीति र नियती ठीक छैन, भोगाई पनि ठीक हुन्न ।’

ADVERTISEMENT

एमालेलाई मनहरी गाउँपालिकाले स्थानीय तहमै अस्वीकार गरिसकेकोले अब प्रदेश र संघमा पनि अस्वीकार गर्नुपर्ने भन्दै अबको निर्वाचनबाट मकवानपुर एमालेविहीन हुनेसमेत दावी गरे ।

सनकको भरमा संसद विघटन गर्नेलाई फेरि किन भोट दिने ? भन्दै अब जनताले प्रश्न गर्न जरुरी रहेको उनले बताए ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०७९ कार्तिक १५, १७ :१२ बजे
ट्याग : #आमनिर्वाचन, #इन्द्र बानियाँ, #निर्वाचन, #प्रतिनिधिसभा, #प्रदेशसभा, #मकवानपुर

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट