Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा जुवाको खालबाट ४ लाख ६५ हजारसहित ९ जना पक्राउ


हेटौंडामा तास खेलिरहेको अवस्थामा लाखौँ रकमसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

बिहिबार साझ हेटौंडा उपमहानगरपालिका ७ देवी वन टोल स्थित गोकुल नाथ पौडेलको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले तासको खालबाट चार लाख पैसट्ठी हजार तिन सय नब्बे रुपैंया र ४ बुक तास बरामद गरेको जनाएको छ ।

ADVERTISEMENT

प्रहरीले नियन्त्रणमा लिनेहरुमा हेटौंडा-८ बस्ने अजय खड्का, रोहित कुमार के.बी., भरत तितुङ,मंदिप पौडेल , हेटौंडा-७ बस्ने रुपक चौलागाई, बिरेन्द्र खत्री, गोकुल नाथ पौडेल, सबिन चौलागाई र हेटौंडा-१५ बस्ने ओम घलान रहेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० कार्तिक ९, २० :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट