Techie IT
Hetauda Khabar

मकवानपुर गोल्डकप- हिमालयन शेर्पा फाइनलमा प्रवेश


हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को आजको खेल हिमालयन शेर्पा क्लबले जितेको छ । शेर्पाले क्यामरुनि क्लब एभिनियर एफसीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

शेर्पाले एभिनिएरलाई १-० गोलअन्तरले पराजित गरेको हो । शेर्पाको लागि सुनिल श्रेष्ठले एकमात्र निर्णायक गोल ५२ औं मिनेटमा गरेका थिए ।

शेर्पाले फाइनलमा मनाङ मर्स्याङ्दीसंग उपाधिको लागि भिड्ने छ । खेलको म्यान अफ दि म्याच शेर्पाका सुनिल श्रेष्ठ भए । उनले नगद १० हजार प्राप्त गरेका छन ।

यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् मकवानपुरका स्थानीय तह तथा अन्य विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट