Techie IT
  • २९ चैत्र २०८२, आईतबार
Hetauda Khabar
  • २९ चैत्र २०८२, आईतबार

हेटौंडा स्कूल अफ म्यानेजमेन्टले भन्यो: अभिभावकको भावनामा चोट पुगेको भए क्षमायाचना गर्दछौं


हेटौंडा स्कूल अफ म्यानेजमेन्टका सञ्चालक पुरन बहादुर जोशीले सोमबार एक अभिभावकमाथि दुर्व्यवहार गरेको विषयमा क्याम्पसले प्रेस बिज्ञप्ति जारी गर्दै माफी मागेको छ ।

ADVERTISEMENT

शुल्कका कारण कक्षा १२ मा अध्ययनरत युनिश श्रेष्ठको परिक्षा नरोक्न उनका बुवा झुलेन्द्र श्रेष्ठले आग्रह गर्दा जोशीले झपारेको भिडिओ सामाजिक संजालमा बाहिरिएको थियो । पूरा शुल्क तिर्न नसक्ने बताएपछि सञ्चालक जोशी अभिभावकमाथि जाइलागेको भिडिओमा देखिन्छ ।

ADVERTISEMENT

यसै विषयमा क्याम्पसले आज एक प्रेस बिज्ञप्ति निकाल्दै परिस्थिति वस उत्पन्न घटनाले अभिभावकको भावनामा चोट पुगेको भए हामी क्षमायाचना गर्दछौं भन्दै माफी मागेको छ ।

बिज्ञप्तिमा भनिएको छ,’ यस महाविद्यालयका प्रिन्सिपल पुरनबहादुर जोशीले क॒नै पनि बदनियत र दूषित भावना राखेर अभिभावकलाई चोट पुन्याउन सो कार्य गरेको होइन र आगामी दिनमा पनि त्यस्ता खालको कार्य नहुने आम अभिभावकहरुमा विश्वस्त गरिन्छ । यो संस्था अभिभावकहरुकै माया र सदभावले अधि बढेको शैक्षिक संस्था हो । यसले अभिभावकहरुसँग कहिल्यै दुर्व्यवहार गर्देन र त्यसका लागि यहाँ कार्यरत कोही कसैलाई प्रोत्साहित गर्दन तर पनि परिस्थितिवश बैसाख २५ गते सिर्जना भएको उक्त घटनाबाट यहाँ अध्ययनरत विद्यार्थी युनिसका अभिभावकको आत्मसम्मानमा तथा अति रज्जना गरी प्रशारित त्यस भिडियो ल्किपबाट सिर्जित अवस्थाले यस महाविद्यालयसँंग जोडिनु भएको सम्पूर्ण अभिभावकहरुको भावनामा कनै प्रकारको चोट पर्न गएको भए त्यसका लागि महाविद्यालय परिवार क्षमा याचना गर्दै यो प्रेस विज्ञप्ति प्रकाशन गर्दछ’ ।

ADVERTISEMENT

त्यस्तै क्याम्पसले सामाजिक संजालमा आएको भिडिओलाई परिस्थितिवश सिर्जित घटनालाई केही अन्य व्यक्तिले अतिरज्जित गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।


प्रकाशित मिति : बुधबार, २०८० बैशाख २७, १८ :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट