Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

हेटौंडाको सन्चो हस्पिटलको गम्भीर लापरवाही, मापदण्ड पुरा नगरी स्वास्थ्य कार्यालयले किन दियो अनुमति ?

स्वास्थ्य कार्यालयको सेटिङमा अनुमतिपत्र बाढेको उपभोक्ता मंचको आरोप


हेटौंडा उपमहानगरपालिका १ मा रहेको सन्चो हस्पिटल गैरकानुनिरुपमा संचालन भैरहेको छ । प्रदेश स्वास्थ्य नियमावली र स्वास्थ्य सेवाको मापदण्ड पुरा नगरी नियम र ऐन विपरित सन्चो अस्पतालले अनुमति लिएको खुलेको छ ।

ADVERTISEMENT

अस्पतालले २५ शैयाको स्वीकृति जिल्ल्ला स्वास्थ्य कार्यालय मार्फत पाएको छ । तर कुनैपनि मापदण्ड पुरा नगरी स्वास्थ्य कार्यालयका कर्मचारी संगको मिलेमतोमा अनुमतिपत्र लिएको खुलेको हो ।

ADVERTISEMENT

अस्पतालले २५ शैयाको अनुमति लिएर बढी बेड संचालन गरेको छ भने, अस्पतालको फार्मेसीको अनुमतिपत्र नवीकरण नलिई संचालन गरेको, फार्मेसीमा तोकिएको फर्मासिस्ट नभएको, प्रयोगशाला बिना दर्ता संचालनमा रहेको, पार्किङको उचित व्यवस्था नरहेको, शौचालयको राम्रो व्यवस्था नभएको, अस्पतालका कोठाहरु मापदण्ड अनुसार नरहेकोलगायतका थुप्रै कमजोरीहरु रहेपनि ऐन विपरित संचालित अस्पताल निर्वाद रुपमा चलिरहेको छ ।

अस्पतालमा सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अस्पतालमा धेरै कमजोरी रहेको अनुगमन टोलीले फेला पारेको छ । टोलीले अस्पतालमा अनुमति नलिई संचालन गरेको ल्याब बन्द गराएको छ भने फार्मेसीलाई ३ दिन भित्र नवीकरण गर्न निर्देशन दिएको छ ।

ADVERTISEMENT

स्वास्थ्यमाथि गम्भीर खेलवाड

सन्चो अस्पतालले बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने गरेको भेटिएको छ । सोमबार अस्पतालको आकस्मिक कक्षमा डेट एक्सपाएर (म्याद गुज्रिएको) औषधि भेटिएको हो । (लेबिटालोल इन्जेक्सन आइपी) औषधिको म्याद गुज्रिएको फेलापरेको हो ।

आकस्मिक कक्ष जस्तो अति संबेदनशील स्थानमा म्याद सकिएको औषधि बिरामीलाई दिने अवस्थाको स्थानमा राखिएको भेटिएको हो । उक्त औषधि व्यवस्था विभाग बिरगंजले जफत गरेको छ ।

म्याद गुज्रिएको औषधि इमर्जेन्सीमा राख्नु गम्भीर लापरवाही भएकोले यस्तो गल्तीमा प्रशासनले क्षमा दिन नमिल्ने उपभोक्ता हित संरक्षण मंच मकवानपुरका अध्यक्ष बासु खतिवडाले बताएका छन् ।

प्रशासनले बेलाबेला मात्र अनुगमन गर्ने र सच्चिन समय दिइरहने काम गरेकाले स्वास्थ्य क्षेत्रमा बिकृति मौलाएको र निजि अस्पतालले स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै कमाउधन्दामा लागेको बताएका छन् ।

सन्चो अस्पतालले न्युनतम मापदण्डसमेत पुरा नगरी संचालन भैरहदा, संचालन अनुमति भने लिएको देखिएपछी अनुमति दिने निकायमाथि नै प्रश्न उब्जिएको छ । यहाँका निजि स्वास्थ्य सस्था र स्वास्थ्य कार्यालयका कर्मचारीको सेटिंगमा मापदण्ड पुरा नगरेका निजि स्वास्थ्य सस्थालाई मनलाग्दी संग अनुमतिपत्र बाढेको उपभोक्ता र नागरिक समाजको आरोप छ । तर यस विषयमा सम्बन्धित निकाय मौन बसेको छ ।


प्रकाशित मिति : मङ्लबार, २०७९ चैत्र १४, १४ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट