Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

प्रदेशको राजधानी हेटौंडाबाट सार्नुपर्छ, नाम परिवर्तन गर्नुपर्छ – मुख्यमन्त्री


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका छन्।

मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले बागमती प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको बताएका हुन्।

ADVERTISEMENT

बागमती प्रदेश नामकरणमा धेरै जनता खुसी नभएको दाबी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यति बेला प्रदेश सभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ नै हुनुपर्छ भनेर अडान लिए पनि सम्भव हुन नसकेको बताए।

ADVERTISEMENT

मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ नै राखिनुपर्छ। प्रदेश राजधानी हेटौंडामा अपायक छ। प्रदेशको एउटा कुनामा छ। चितवन र मकवानपुरबाहेक अरू ११ जिल्लालाई पायक पर्दैन। सबैलाई पायक पर्ने गरी प्रदेश राजधानी धुलिखेल राखिनुपर्छ। उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुवै परिवर्तन हुन्छ र त्यो प्रदेश सभाको अधिकार पनि हो।’

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० कार्तिक ३, २० :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट