Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा क्रेनले किच्दा एक जनाको मृत्यु


ADVERTISEMENT

हेटौंडामा क्रेनले किच्दा एक जनाको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० कर्रा चोक नजिकै आज दिउँसो १ः४५ बजेको समयमा प्रदेश २–०३००१ क २०२४ नम्वरको क्रेन ब्याक गर्ने क्रममा सोही क्रेनका सहचालकलाई किच्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

मृत्यु हुनेमा पर्साको बिरगंज महानगरपालिका वडा नम्वर ३० लाल पर्सा बस्ने अन्दाजी २८ वर्षीय सानबाबु पासवान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, क्रेनले किचेर गम्भीर घाइते भएका उनको २ः४० बजेको समयमा हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक पासवानको शव हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

ADVERTISEMENT

प्रहरीले क्रेन र  क्रेन चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित मिति : मङ्लबार, २०८० अशोज २३, १६ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट