Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड संचालन हुँदै


हेटौंडा अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि मनोचिकित्सा वार्ड संचालन गरिने भएको छ ।

ADVERTISEMENT

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले (आज) सोमबार पत्रकार सम्मेलन गर्दै विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटौंडा अस्पतालमा मंगलबार २५ शैयाको मनोचिकित्सा वार्ड सहितको सेवा सुरु गर्न लागेको जनाएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले तीन जना डाक्टर सहितको टोलीबाट मानसिक स्वास्थ्य उपचार गरिने जानकारी दिए ।

ADVERTISEMENT

अस्पतालमा सेवा सुचारु पछि प्रतिष्ठानले मकवानपुरका सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मनोसामाजिक, मानसिक स्वास्थ्य सम्बन्धी प्रयाप्त तालिम प्रदान गरिने उनले बताए ।

सामूदायिक रुपमा फार्मेसी समेत सञ्चालन गरी स्थानीय तहमा महिनाको एक दिन ओपीडि सेवा प्रदान गर्ने मानसिक स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउदै लैजाने प्रतिष्ठानको लक्ष्य रहेको उनले बताए ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा प्रतिष्ठानका डिन दुर्गा मिश्र खड्का, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. खगेन्द्र गेलाल, शिक्षाध्यक्ष डा। सुरेन्द्र शेरचन,स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, अस्पतालका रजिष्ट्रार राजेश प्रसाईं, मेसु डा. रामचन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

अस्पतालमा मंगलबार मनोचिकित्सा वार्डको बागमती प्रदेशका स्वास्थ्य मन्त्रीले उद्गघाटन गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति : सोमवार, २०८० अशोज २२, १८ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट