Techie IT
Hetauda Khabar

हेटौंडाको ‘जस्ट वाटर’ पानीको बोतलमा अखाद्य वस्तु भेटियो


हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ११ थानाभर्याङ स्थित जस्ट वाटर प्रालिले उत्पादन गरेको पानीको प्याक बोतलमा अखाद्य वस्तु भेटिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर – १९ बस्तीपुर स्थित एक किनारा पसलमा सिल प्याक गरिएको ‘जस्ट वाटर’ नामको पानीको बोतल भित्र अखाद्य वस्तु भेटिएको हो ।

स्थानिय उपभोक्ताले पानी किनेर पिउँने क्रममा बोतलभित्र फोहोर भेटिएको हो । ‘पानी किनेर पिउन खोज्दा बोतल भित्र फोहोर पदार्थ भेटे, म्याद कायम छ तर सिल प्याक पानीको बोतल भित्र त् अखाद्य वस्तु रहेछ’ पानी खरिद गरेका उपभोक्ताले भने  ।

हेटौंडामा बेला बेलामा पानीको जार तथा बोतलमा अखाद्य वस्तु फेला परेपनि नियामक निकायले चासो दिने गरेको छैन ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट