Techie IT
  • १६ वैशाख २०८३, बुधबार
Hetauda Khabar
  • १६ वैशाख २०८३, बुधबार

पत्रकार बन्जारा प्रकरण- फसाउन लगाउनेको नाम खुलाए गोली हानेर मारीदिने धम्की


हेटौंडाका पत्रकार रमेश बन्जराको जबर्जस्ती करणी अभियोग प्रकरणमा बन्जाराविरुद्ध जाहेरी दिएकी महिलाले बन्जारालाई फसाउन सहयोग नगरे गोली हानी मारीदिने धम्कि दिएको बयान दिएकी छन् । उनले आफुलाई झुक्याएर जाहेरीमा सहीछाप गर्न लगाएकोसमेत बताएकी छन् ।

ADVERTISEMENT

उनले बन्जाराले जबर्जस्ती नगरेको, आफुलाई अर्कै व्यक्तीले उक्साएर जाहेरीमा सहिछाप गर्न लगाएको र केही व्यक्तीले आफुहरुको नाम अदालतमा भनिदिए गोली हानेर मार्ने चेतावनी दिएको अदालतमा बयान दिएकी छन् ।

ADVERTISEMENT

एक ब्यक्तीको नाम उल्लेख गर्दै बयानमा उनले भनेकी छन्,”ति व्यक्तीले अदालतमा आफुहरुको नाम खुलाए गोली हानेर मार्दिन्छु भनि धम्कीसमेत दिएका छन्” ।

उनले बन्जाराले बसपार्कमा छाडिदिएपछी अर्जुन तिवारी भन्ने व्यक्तिले राप्ती खोला नजिकको सिसौघारीमा लगेर ल्याएको, बन्जरासंग भने उक्त स्थानमा आफु जाँदै नगएको बताएकी छन् ।

ADVERTISEMENT

जाहेरी दिने महिला वारदात भएको भनिएको स्थान र समयमा एक बुलेट मोटरसाइकलमा देखिएको सिसिटिभी फुटेज हेटौंडाखबरबाट सार्वजनिक भएको थियो ।

गत ३१ चैतमा महिलाले आफुलाई बन्जाराले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिईन् । बन्जारा हाल पुर्पक्षका लागि भीमफेदी कारागारमा छन् ।

पत्रकार बन्जारा प्रकरणमा महिलाको बयान-‘जाहेरी नपढी सहीछाप गरे, घटना भएको हैन, बुलेटमा देखिएकी मै हुँ’

पत्रकार बन्जारा प्रकरण- बुलेटवाला अर्जुन तिवारी भएको पुष्टि

पत्रकार बन्जारा प्रकरण- बुलेट बाइक वाला को हो ? किन गर्दैन प्रहरीले अनुसन्धान ?

अपरिचित महिला प्रयोग गरी हेटौंडाका पत्रकार बन्जारालाई फसाउने प्रयास ( हेर्नुहोस् सिसिटिभी फुटेज)

 


प्रकाशित मिति : बुधबार, २०८० साउन ३१, १८ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट