Techie IT
Hetauda Khabar

मकवानपुरमा ट्याक्टर दुर्घटना, ३ जानाको मृत्यु २ घाइते


मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जानाको मृत्यु भएको छ भने २ जाना घाइते भएका छन् ।

सोमबार राति ८:५० बजे जिल्लाको मनहरी गाउँपालिका- ३ कालिदमार स्थित भित्रि सडक-खण्डमा मिलडाँडा तर्फबाट हाँडिखोला तर्फ जादै गरेको मधेश प्रदेश ०३-००१ त ७१८८ नं. को ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार ५ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मनहरी -३ हाँडिखोला बस्ने २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय बिरमान रुम्बा र प्रबिण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उपचारका क्रममा उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । त्यस्तै हाँडिखोला बस्ने अमृत प्रजा र जोखलाल प्रजाको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट