Techie IT
Hetauda Khabar

हेटौंडा बनाउने कुरामा ‘आइ एम रेडी, यो मिना सिद्धिए अर्को मिना जन्मिन्छ’- मेयर लामा


हेटौंडा उपमहानगरपालिकाकि मेयर मिना कुमारी लामाले हेटौंडा सडक विस्तार कुनै पनि हालतमा रोकिन नहुने बताएकी छन् ।

आज जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवाला निकायसंगको छलफलमा उनले हेटौंडाको सडक विस्तार गर्नै पर्नेमा जोड दिईन् । उनले सर्वोच्च अदालत र नेपालको नियम कानुनलाई सबैले मानेर अघि बढ्नुपर्ने बताउदै सडक विस्तारमा कसैले अवरोध नगर्न आग्रहसमेत गरिन् ।

उनले सडक विस्तारको पक्षम बोल्दा विभिन्न धम्की आउने गरेको संकेतसमेत गरिन् । यहाँ राजनीतिक दलले, नेताले हामीसबैले गाली खानु परेको छ, सडक विस्तारको कुरा गर्दा घम्की आउछ, ११ सालदेखिको बाटो विस्तार गर्न खोज्दा यहाँ ज्यान जान्छ भनेर धम्की दिने ? म तयार छु, हेटौंडा बनाउने कुरामा आइएम रेडी, हेटौंडा बन्छ भने मिना सिद्धिएर केहि हुदैन, यहाँ अर्को मिना जन्मिन्छ”, उनले भनिन् ।

उनले व्यवसायीहरुलाई सुकुम्बासी बन्न नदिने भन्दै उनीहरुको विषयमा उपमहानगरपालिका गम्भीर रहेको बताइन् । कुनै एक घर या परिवार विस्थापित हुँदा उपमहानगर हेरेर बस्दैन उनले भनिन् ।

उनले हेटौंडा बनाउने कुरामा कसैले विरोध गर्न नहुने भन्दै डिभिजन सडक कार्यालयको काममा सहयोग पुर्याउन आग्रह गरिन्  ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट