Techie IT
Hetauda Khabar

‘मैले जिते २० वर्षदेखि अरुले गर्न नसकेको काम ३ वर्षमा गर्नेछु’- राजन मैनाली (भिडिओ)


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका वरिष्ठ नेता एवम् राप्रपाबाट मकवानपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार राजन मैनालीले आफुले निर्वाचन जिते अन्य दलका नेताहरुले २० वर्षदेखि गर्न नसकेकोकाम आफुले पहिलो कार्यकालमै गर्न सक्ने बताएका छन् ।

उनले देशलाई हिन्दु राष्ट्र बनाउनु पर्ने, संघियता खारेज गर्नुपर्नेलगायतका एजेण्डा अघि सारेर आफु निर्वाचनमा होमिएको बताए ।

हालका वरिष्ट भनिएका नेताहरुका कारण देशमा भ्रष्टाचार, बेरोजगार बढेको उनको भनाइ छ ।

उनले गाँजालाई प्रतिबन्ध गर्न नहुने भन्दै निर्वाचनमा जित हासिल गरे गाँजालाई बैधानिकता दिन पहल गर्ने र यसलाई औषधिको रुपमा विकास गर्ने योजना बनाउने बताएका छन् ।

जनतासँग गठबन्धन गरेर आफु चुनावमा होमिएको बताउदैं उनले अन्य गठबन्धन जस्तो आधादर्जन भन्दा बढी दल मिलि सत्ताको स्वार्थमा आफु नलाग्नेसमेत बताएका छन् ।

                                                                                             भिडिओ हेर्नुहोस 


क्याटेगोरी : अन्तर्वार्ता, भिडियो, मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #आमनिर्वाचन, #चुनाव, #निर्वाचन, #प्रतिनिधिसभा, #राजन मैनाली, #राप्रपा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट