Techie IT
Hetauda Khabar

हेटौंडा आँखा अस्पतालमा २ सय २३ जनाको निशुल्क शल्यक्रिया हुने


हेटौंडा आँखा अस्पतालमा २ सय २३ जनाको निशुल्क आँखाको शल्यक्रिया हुने भएको छ ।

रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट शुरु भएको निशुल्क आँखा शिविरबाट भेटिएका मोतिबिन्दु लागेका २२३ जनाको निशुल्क शल्यक्रिया हुने कार्यक्रम संयोजक अन्जनी कुमार पराजुलीले जानकारी दिए ।

मंगलबार  रौतहट र सिन्धुलीमा ३ सय ९० जनाको परिक्षण गर्दा ७३ जना मोतिबिन्दुका बिरामी भेटिएका थिए । त्यसैगरी बुधबार सर्लाही र सिन्धुलीमा ३ सय ८८ जनाको आँखा परिक्षण गर्दा ७६ जना मोतिबिन्दुका बिरामी भेटिएका थिए भने बिहीबार मकवानपुरको कैलाश र रौतहटमा भएको शिविरमा ४१० जनाको आँखा परिक्षण गरिएको थियो ।

जसमध्ये ७४ जनामा मोतिबिन्दु भेटिएको संयोजक पराजुलीले बताए । मोतिबिन्दु देखिएका बिरामीहरुलाई १९ र २० गते हेटौंडा आँखा अस्पतालमा निशुल्क शल्यक्रिया हुनेछ । उनीहरुको यातायात खर्च, बस्ने खाने खर्च रोटरी क्लबले व्यहोर्ने संयोजक पराजुलीले बताए । प

राजुलीका अनुसार शिविरमा हेटौंडा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ भने रोटर्याक्ट क्लब अफ मकवानपुरले पनि आवश्यक सहयोग गरेको छ ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट