Techie IT
Hetauda Khabar

बागमतीमा पनि सरकार छाड्दै एमाले, ३ बजे पत्रकार सम्मेलन


नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । संघीय सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको एमालेले प्रदेश सरकारका विषयमा भने बोलेन।

यता बागमती प्रदेश सरकारबाट पनि एमाले बाहिरिने भएको छ । आज दिउँसो पत्रकार सम्मेलन गरेर सरकार छोडेको जानकारी दिने एमाले स्रोतले बताएको छ ।

पार्टीको केन्द्रकै निर्णय अनुसार आफुहरु जाने र यसबारे दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने बागमती संसदीय दलका नेता जेएन थपलियाले  हेटौंडाखबरलाई जानकारी दिए ।

 


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट