Techie IT
Hetauda Khabar

बागमती प्रदेशसभा- २ वटा प्रतिस्थापन विधेयक पारित


बागमती प्रदेशसभाबाट २ वटा प्रतिस्थापन विधेयक पारित भएको छ । आइतबार साँझ बसेको प्रदेशसभाको दोस्रो बैठकले प्रदेश सरकारले जारी गरेको प्रदेश निजामति सेवाको गठन तथा सञ्चालन अध्यादेश २०७९ र स्थानीय तहको सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको प्रतिस्थापन विद्येयकलाई पारित गरेको हो ।

आइतबार बिहान विधेयक व्यवस्थापन समितिले उक्त विधेयकहरूको विषयमा दफावार छलफल गरेपछि उक्त छलफलको प्रतिवेदन सभामा पेस गरिएको थियो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठकमा निर्णायार्थ पेस गरेको उक्त अध्यादेशको प्रतिस्थापन विद्येयकहरुलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमत सदस्यले सर्वसम्मतिले स्वीकृत गरेका हुन् ।

सो विद्येयक पास गरेसँगै प्रदेश प्रमुखबाट प्रमाणीकरण गरी तत्काल कार्यान्वयन गरिनेछ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरेको बैठक बस्न नसकेपछि पुनः साँझ ५ः३० जेका लागि बैठक आह्वान गरिएको थियो । निर्धारित समयभन्दा अवेर गरी सुरु भएको उक्त बैठकमा सो अध्यादेशको प्रतिस्थापन विद्येयकमाथि विशेष समितिमा छलफल भएको थियो ।

गत पुस १८ गते संसदमा पेस भएको उक्त अध्यादेशलाई माघ ३ गतेको प्रदेशसभा बैठकले स्वीकृत गरेको थियो । त्यसयताको प्रदेशसभा बैठकमा उक्त अध्यादेशका प्रतिस्थापन विद्येयकहरु पेस हुन सकेको थिएन ।

प्रदेशसभाको बैठकमा संसदीय समिति गठनको विषय अगाडि बढाएपछि उक्त अध्यादेशहरुका प्रतिस्थापन विद्येयकहरुले संसदमा स्थान पाएको थिएन । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट