Techie IT
Hetauda Khabar

बागमती सरकारबाट बाहिरियो राप्रपा, तीन मन्त्रीहरुले दिए राजीनामा


बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएको छ । शनिवार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी सरकारबाट अलग भएर प्रतिपक्षमा रहने बताएका हुन् । लगत्तै साझ मुख्यमन्त्री शालिकराम जम्कटेलसमक्ष राप्रपाका ३ जना मन्त्रीले राजीनामा बुझाएका छन् ।

खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री बनेका संसदिय दलका नेता उद्वव थापा, वन तथा वातावरण मन्त्री राजु बिष्ट र उद्योग, पर्यटन तथा सहकारीमन्त्री डम्बर तामाङले संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

प्रदेशसभामा बोल्दै दलका नेता थापाले सरकारको राम्रा कामलाई समर्थन गर्दै रचनात्मक प्रतिपक्षको भूमिकामा निर्वाह गर्ने बताएका छन् । उनले सत्तापक्षमा रहँदासमेत अपहेलित हुन परेको भन्दै दुःख व्यक्त गरे । बागमती प्रदेशसभामा राप्रपाका १३ सांसद रहेका छन् ।

उता केन्द्रमा राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट