Techie IT
Hetauda Khabar

हेटौंडा बजार भत्किने सूचना पछी तरंग- बसोबास संरक्षण समितिको बैठक चल्दै


एसियन हाइवे अन्तर्गत पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गतको सडक २५/२५ मिटर विस्तार गर्ने काम अलपत्र अवस्थामा छ ।

पूर्वपश्चिम राजमार्गको चितवन-हेटौंडा-पथलैया सडकखण्ड संघिय सरकारले २५-२५ मिटर चौडा गर्ने गरी वर्षौदेखी काम थालनी गरेको थियो । तत्कालिन क्षेत्रिय प्रशासक बिनोद केसीको पालामा २०७३ सालदेखि मनहरी-लोथरदेखि पर्साको बिरगंजसम्मको २५ मिटर सडकसिमा भित्र अतिक्रमण गरेका घरटहरा हटाउन पटक-पटक सुचना जारी गर्दै कामसमेत सुरु गरेका थिए तर राजनैतिक दलको दवाव र मुवाब्जा विवादले प्रदेश राजधानीको मुख्यबजार क्षेत्र हेटौंडा-११ थानाभार्यांगदेखि हेटौंडा-१५ रातोमाटेसम्मको सडक विस्तारको अलपत्र अवस्थामा छ ।

सडकछेउमा घरधनीले अदालतको स्टे अर्डर लिएर बसेको र मुवाज्जा बिना भत्काउन नदिने अडानका कारण २५ मिटर सडक विस्तार हुन सकेको छैन । तत्कालीन समयमा सडक विभाग हेटौँडाले महेन्द्र राजमार्गको धन्सार पुल (बारा)देखि लोथर (मकवानपुर)सम्म तथा त्रिभुवन राजपथको वीरगञ्ज भन्सार (पर्सा)देखि दामेचौर (मकवानपुर)सम्म राजमार्ग र राजपथको दायाँबायाँ २५–२५ मिटर सडक सीमा अतिक्रमण क्षेत्र १५ दिनभित्र हटाउन पटक-पटक सुचना निकालेको थियो तर हेटौंडाका २५ मिटर सिमा भित्र पर्ने घरधनीले सर्वोच्चमा रिट हालेर रोकेका थिए ।

पुनः डिभिजन सडक कार्यालय हेटौंडाले ३५ दिने सुचना निकाल्दै स्थायी/अस्थाई संरचना हटाउन भनेको छ । हेटौंडामा सडक विस्तारको सुचना निस्किएपछी पुनः तरंग उत्पन्न भएको छ । यस अघि पटक-पटकको प्रयासमा पनि सडक विस्तार हुन सकेको थिएन । यहाँका राजनीतिक दलका नेता र ठुला उद्योगि,व्यापारीको घर सडक सीमाभित्र पर्ने भएकाले पनि हेटौंडा बजार क्षेत्र भत्किन सकेको थिएन । तर यसपटक भने सर्वोच्च अदालतको आदेशलाई टेकेर सडक डिभिजन कार्यालयले ३५ दिने सुचना निकालेको छ ।

सर्वोच्च अदालतको २०७८-०९-१९ को उत्प्रेषण आदेशमा २५/२५ गज (७५/७५ फिट) भित्र पर्ने संरचना भत्काउन मिल्ने उल्लेख छ । २५ गज भन्नाले २२ दशमलब ८६ मिटर हुन्छ । सडक डिभिजन हेटौंडाले भने ३५ दिन भित्र सडकसिमा भित्र पर्ने संरचना नहटाए आफै हटाउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल्ने बताएको छ ।

सडक विस्तारबारे आइतबार सुचना प्रकाशन भएपछी उद्योग वाणिज्य संघ मकवानपुरले नेतृत्व गरेको बसोबास सम्रक्षण समिति जुरमुराएको छ । तत्कालिन अवस्थामा राजनीतिक दलको आडमा हेटौंडा सडक विस्तारलाई अवरोध गरेको यस समितिले सुचना प्रकाशन भएपछी तत्काल बैठक राखेको छ ।

हेटौंडा बजार भत्काउन दिने या नदिने भन्ने विषयमा समितिको बैठक अहिले हेटौंडामा बसिरहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट