Techie IT
  • १८ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • १८ फागुन २०८२, सोमबार

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गतेबाट


ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ। दुवै बैङ्कले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे-गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैङ्कले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

ADVERTISEMENT

राष्ट्र बैङ्कले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैङ्क मर्जरपछि ग्लोबल आइएमई बैङ्कका नामबाट आगामी पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो ।

ADVERTISEMENT

मर्जरपछि बैङ्कको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौँ जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ पुस २१, १७ :५९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट