Techie IT
Hetauda Khabar

हेटौंडाको चुरेहिल अस्पतालको फार्मेसीलाई कारबाही गर्न सिडिओ कार्यालय डरायो, उपभोक्ता मन्चको आपत्ति


हेटौंडाको चुरेहिल अस्पतालको फार्मेसीले म्याद सकिएको औषधि राखिएको र बिना दर्ता संचालन भैरहेको फेला परेपनी जिल्ला प्रशासन कार्यलय कारबाही गर्न डराएको छ ।

अस्पतालले गम्भीर लापरबाही गरेको फेलापरेपनि प्रशासनले कारबाहीको लागि आनाकानी गरेको हो। फार्मेसीको संचालक कोहो, कहाँ दर्ता छ भन्ने विषय अस्पतालमा उपस्थित भएका कसैलाई जानकारी नभएको बताउछन् ।

फार्मेसी कुनैपनि निकायमा दर्ता नरहेको भेटिएको छ । ५ वर्षदेखि म्याद गुज्रिएको औषधि फेला पर्दासमेत अनुगमनको नेतृत्व गरेको जिल्ला प्रशासन कार्यलयको टोलिले कारबाही गर्न आनाकानी गरेपछी अनुगमन टोलिविच नै विवाद उत्पन्न भएको छ ।

टोलिमा सहभागी उपभोक्ता हित संरक्षण मन्चले जिल्ला प्रशासनले फार्मेसीलाई कारबाही गर्न नखोजेको प्रती आपत्ती जनाएको छ । अहिले अनुगमन टोलिले फार्मेसीलाई के गर्ने भन्ने अन्योलमा रहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट