हेटौंडा आउदै गरेको बस पुतलीबजारमा पल्टियो, केही यात्रु घाइते
हेटौंडा । फुर्केचौरबाट हेटौंडा तर्फ आइरहेको यात्रुवाहक बस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित पुतलीबजारमा दुर्घटना भएको छ ।
बुधबार बिहान मदनभन्डारी राजमार्ग अन्तरगतको फुर्केचौर हेटौंडा खण्डको पुतलीबजारमा १५ जना सवार ना ३ ख ५३०३ नम्बरको यात्रुवाहक बस नालिबाट तल पल्टिएको मकवानपुर प्रहरीले जनाएको छ । ट्रकलाई साइड दिने क्रममा बस सडकबाट पल्टिन पुगेको हो ।
दुर्घटनाबाट केही यात्रु सामान्य घाइते भएको मकवानपुर प्रहरीले जनाएको हो । घाइतेको विवरण आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, २०८० माघ १०, ०९ :५३ बजे






















प्रतिक्रिया