Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

दशैँमा बढि भाडा लिने ४ सुमोलाई मकवानपुरमा कारबाही


मकवानपुर । नेपालीहरुको महान पर्व दशैँमा टीका लगाउने क्रम बिहीबार पनि जारी छ । दशैँमा यात्रुहरुको चहलपहल बढी रहन्छ । सोही मौकाको फाइदा उठाउदै तोकिएको भन्दा बढी भाडा उठाउने ४ वटा सुमोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले कारबाही गरेको छ ।

ADVERTISEMENT

बढी भाडा उठाउने ४ वटा सुमोलाई ५ हजारका दरले जरिवाना गरी उक्त सुमोमा सवार २८ जना यात्रुलाई १० हजार २ सय रुपैयाँ फिर्ता गरेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै मकवानपुर हुँदै यात्रा गर्ने ९० वटा यात्रुवहाक बसलाई सिट क्षमताभन्दा बढि यात्रु राखेको भन्दै १ हजारदेखी २ हजारसम्म जरिवाना गरिएकोसमेत जनाएको छ ।

ADVERTISEMENT

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार दशैँको समयमा यात्रुलाई टिकट नदिई यात्रा गराउने ३१ वटा सुमोलाई पनि गरिवाना गरिएको छ । उक्त सुमोलाई १ हजारदेखी २ हजारसम्म जरिवाना गरिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० कार्तिक ९, १६ :५७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट