Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

राष्ट्रिय युवा संघ मकवानपुरको संयोजकमा राजेश नगरकोटि


हेटौंडा । राष्ट्रिय  युवा संघ नेपाल मकवानपुरको संयोजकमा राजेश नगरकोटी चयन भएका छन् ।

ADVERTISEMENT

बुधबार हेटौंडामा भएको बिस्तारित बैठकबाट नगरकोटीको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला कमिटि चयन भएको हो । कमिटिको सहसंयोजक सबिन लामा चयन भएका छन् ।

ADVERTISEMENT

नेपाल राष्टिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य देबी ज्ञवालीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकालाल स्रेष्ठ, संघका केन्द्रिय लेखा आयोग सदस्य सन्तोष चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

बिस्तारीत बैठक नेपाल राष्टिय युवासंघका केन्द्रिय सदस्य लक्ष्मण उप्रेतीको सभाध्यक्षतामा भएको थियो ।


प्रकाशित मिति : बुधबार, २०८० माघ १०, १७ :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट