Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व : मुख्यमन्त्री जम्कट्टेल


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व रहेको बताएका छन् ।

ADVERTISEMENT

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेश हेटौंडा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको संयुक्त आयोजनामा भएको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले राजनीतिक नेतृत्वले निष्पक्ष, पारदर्शी र स्वार्थरहित ढंगले काम गर्न नसक्दा भ्रष्टाचार बढ्दै गएको बताएका हुन्।

ADVERTISEMENT

नेपालमा भ्रष्टाचार संस्कारको रूपमा विकसित भइरहेको उल्लेख गर्दै उनले राजाहरूको शासनबाट यो परम्परा चलिआएको बताए। मुख्यमन्त्रीले सबै तहका राजनीतिक नेतृत्वलाई भ्रष्टाचार गर्नबाट पनि सचेत गराए।

उनले कर्मचारी प्रति पनि आफ्नो धारणा राख्दै अवैध काम गर्न नहुने बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि निष्पक्ष हुन आग्रह गरे।

ADVERTISEMENT

 


प्रकाशित मिति : शनिबार, २०८० मंसिर २३, १६ :२२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट