Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मनहरीमा १५० किलो गाँजासहित ४ जना पक्राउ


हेटौंडा । मकवानपुर प्रहरीले १५० किलो लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

गएराति मनहरी गाउँपालिका ७ रमौलीमा खटिएको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा उनीहरुलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

ADVERTISEMENT

पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका ७ बस्ने ३० वर्षीय रामशरण चेपाङ, सोही ठाउँका १९ वर्षीय विश्वराम चेपाङ, ५६ वर्षीय कमान सिं चेपाङ र कृष्णबहादुर प्रजा रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० अशोज २५, १२ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट