Techie IT
Hetauda Khabar

सुनको भाउमा नयाँ रेकर्ड ,कति पुग्यो तोलामा ?


सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट