Techie IT
Hetauda Khabar

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलामा ?


नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गएको बुधबार उच्च बिन्दुमा पुगेर बिहीबार स्थिर रही शुक्रबार तोलामा तीन सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार पुनस् उच्च बिन्दुमा पुगेको हो।

आइतबार सुनको मूल्य प्रतितोला १८ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २० हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २० हजार २ सय रूपैयाँ कायम छ।चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँले बढेर प्रतितोला एक हजार ५ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट