तीनकुने क्षेत्र तनावग्रस्त : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।
राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
राजतन्त्रको पक्षधरहरूको तीनकुनेमा जारी प्रदर्शन तनावग्रस्त भएपछि सभा नै बिथोलिएको छ ।
जनप्रदर्शनका कमान्डर दुर्गा प्रसाईंले संयमित हुन आग्रह गरेका भए पनि भीड शान्त भने हुन सकेको छैन ।
प्रकाशित मिति : शुक्रबार, २०८१ चैत्र १५, १५ :१५ बजे


















प्रतिक्रिया