Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

कुलमानलाई हटाएको विरोधमा संसद अवरोध, बैठक आधा घण्टाका लागि स्थगित


प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

ADVERTISEMENT

विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।

ADVERTISEMENT

सभामुख देवराज घिमिरेले सदन सुरु गर्दावित्तिकै विपक्षी दलहरू उठेर अवरोध गरेका थिए । सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसद्हरू बसेनन् । त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८१ चैत्र १३, १२ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट