Techie IT
Hetauda Khabar

मकवानपुर गोल्डकप- जितसंगै मनाङ मर्स्याङ्दी पुग्यो फाइनलमा


हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को आजको खेल मनाङ मर्स्याङ्दी क्लब काठमाडौंले जितेको छ । जित संगै मनाङ फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा ट्राइब्रेकरमार्फत मनाङ मर्स्याङ्दीले विभागीय टोली एपीएफ क्लब काठमाडौंलाई ४-२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

ट्राइबेकरमा मनाङ मर्स्याङ्दीले ४ गोल गरेको थियो । एपीएफ क्लबले २ गोल गरेको गर्यो ।

सोमबार दिउँसो हुने दोस्रो सेमिफाइनल खेलमा एभिनियर एफसी क्यामरुन र हिमालयन शेर्पा काठमाडौं भिड्नेछन् ।

यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् मकवानपुरका स्थानीय तह तथा अन्य विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट