Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

जनकपुरदेखि अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयास हुँदै


संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यामबाटसमेत जोड्ने  प्रयास भैरहेको बताएका छन।

ADVERTISEMENT

बुधबार त्रिभुवन विश्विद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाईसेवाका माध्यमबाटसमेत अघि बढाउनु पर्ने बताए।त्यसकालागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेले जानकारी दिए।

ADVERTISEMENT

मन्त्री पाण्डेले अहिलेको अबस्थामा रामको मार्ग दर्शन झनै व्यापक बन्दै गएको बताउदै बिश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए।

दुई दिन सम्म चल्ने संगोष्ठिमा भगवान रामका विविध पक्षमा चर्चा गरिने छ। संगोष्ठिमा सामेल हुन आएका विभिन्न देश प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधता पुर्ण संस्कृतिलाई विश्वमा पुर्याउनु सहयोग गर्न समेत आग्रह गरे।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ मंसिर १३, ११ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट