Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

पत्रकार फसाउने तिवारीको समाचार लेखेको भन्दै प्रेस युनियनलाई हेटौंडाका कांग्रेस नेताको दवाव


नेपाली कांग्रेसलाई असर पर्ने समाचार लेखेको भन्दै मकवानपुरका केही कांग्रेस नेताले पत्रकारलाई कारबाही गर्नुपर्ने भन्दै प्रेस युनियन मकवानपुरलाई दवाब दिएको पाइएको छ  ।

ADVERTISEMENT

आसन्न हेटौंडा-१२ को उपनिर्वाचनमा कांग्रेस मकवानपुरले उम्मेदवार बनाएको अर्जुन तिवारीको समाचार लेखेको भन्दै केही कांग्रेस नेताले कांग्रेस शुभेच्छुक पत्रकार सस्था नेपाल प्रेस युनियन मकवानपुरलाई दवाव दिएको हो  । ३० चैत २०७९ मा अर्जुन तिवारीले एक अपरिचित महिलालाई प्रयोग गरी हेटौंडाका पत्रकार रमेश बन्जारालाई जबर्जस्ती करणीको झुटो मुद्दा चलाउन लगाएका थिए भने नक्कली बारदात स्थल खडा गरेर जाहेरी दिने महिलालाई आफ्नो बुलेट मोटरसाइकल राखेर ठाउँ देखाएर ल्याएका थिए  ।

ADVERTISEMENT

सोही विषयको समाचार प्रकाशन भएपछी बागमती एक्सप्रेसका सम्पादक रमेश बन्जरा र हेटौंडाखबरका रविन्द्र गौतमलाई प्रेस युनियनले किन कारबाही नगरेको भन्दै युनियन मकवानपुरलाई दवाब दिएका छन् ।

कांग्रेस मकवानपुर सभापति बुद्द लामा, कांग्रेस नेता प्रभात दाहाल, संघिय सभापति दामोदर खनाललगायत नेताहरुले प्रेस युनियन मकवानपुरलाई दिनहुँ जसो दवाव दिईरहेका छन् । कांग्रेसविरुद्द समाचार लेख्नेलाई युनियनले किन कारबाही नगरेको भन्दै युनियन अध्यक्ष सुवास विडारी र सचिव बलराम पुडासैनीलाई दिनहुँजसो बैठकमा बोलाउने र जसरिपनि कारबाही गर्नुपर्छ भन्दै दवाब दिने गरेको प्रेस युनियन स्रोतले जनाएको छ ।

ADVERTISEMENT

तिवारीले चलाउने गरेको बुलेट मोटरसाइकलको नम्बर प्लेट नक्कली भएको सम्बन्धित समाचार यस्ता छन् ।

बुलेटमा नक्कली नम्बर प्लेट राखेर मान्छे फसाउन कुद्ने तिवारीलाई किन अनुसन्धान गर्दैन प्रहरी ?

जघन्य अपराधको झुठो मुद्दा चलाउन उक्साउने अर्जुन तिवारी हेटौंडा-१२ मा कांग्रेसको उम्मेदवार


प्रकाशित मिति : सोमवार, २०८१ मंसिर १०, १२ :३२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट