Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडामा खुकुरी देखाएर सुनको सिक्री लुट्ने २ जना पक्राउ


मकवानपुर प्रहरीले हेटौंडामा खुकुरी देखाएर सुनको सिक्री लुट्ने २ जनालाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

शनिबार अपरान्ह हेटौडा- ११ थानाभर्‍याङ स्थित राप्ती खोलाको बगरमा मकवानपुर बकैया गाउँपालिका-४ बस्ने वर्ष २० को मनिष फुयाल र वर्ष २४ को सुजन पौडेलको १ तोलाको सुनको सिक्री लुट्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

ADVERTISEMENT

धारिलो हतियार खुकुरी देखाएर सिक्री लुटेको भन्दै  प्रहरीले हेटौंडा ११ बस्ने वर्ष २० को असमिन चौलगाई र अनिस चौलगाईलाई हतियार र सिक्री सहित नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८१ कार्तिक ११, १७ :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट