Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा टिपरको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु


हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

सालक पार्कबाट चौघडातर्फ आइरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट गइरहेको मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

ADVERTISEMENT

मृत्युु हुनेमा हेटौंडा १६ जुरेथुम बस्ने हरी पनेरु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतककी पत्नी अर्चना पनेरू घाइते भएकी छिन् । उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

घटनास्थलमा प्रहरी पुगेको छ । शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : सोमवार, २०८० माघ १५, १८ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट