Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाको स्मारकमा सहिद सप्ताह कार्यक्रममा रक्तदान


हेटौंडा । सहिद सप्ताहको चौथो दिन सहिद स्मारकमा रक्तदान कार्यक्रमको आयिजना गरिएको छ ।

ADVERTISEMENT

सहिस स्मारक बिकास समितिले सहिद दिवस सप्ताह ब्यापी कार्यक्रम गरि मनाउदैछ ।

ADVERTISEMENT

सोही अनुसार शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाइटी ११ नम्बरका सचिब अन्जन पौडेलले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन १० गते बुद्ध, मायादेवी, इन्द्र तथा ब्रम्हाको प्रतिमासहुतको पार्कको उद्घाटन गरिएको थियो सचीव रघुनाथ खुलालले जानकारी दिए ।

ADVERTISEMENT

माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता भएका छन् ।

माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिक दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सहिद स्मारक बिकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिए।


प्रकाशित मिति : शनिबार, २०८० माघ १३, १२ :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट