Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मनहरीमा कोल्ड स्टोर निर्माण गर्न सम्झौंता


हेटौंडा । तरकारी उत्पादनको लागि पकेट क्षेत्र मानिने पश्चिम मकवानपुरको हाँडीखोलामा कोल्ड स्टोर निर्माण हुने भएको छ । मनहरी गाउँपालिकाले करिब सवा ६ करोडभन्दा बढी बढी रकम लगानी गरी ३ नम्बर वडामा कोल्डस्टोर निर्माण गर्न लागेको हो ।

ADVERTISEMENT

गाउँपालिकाले बुधबार हिमालयन नमोवुद्ध जेभीसँग ६ करोड २८ लाख ४५ हजारमा कोल्डस्टोर निर्माण गर्ने सम्झौता गरेको हो । मनहरी गाउँपालिका वडा नं ३ हाँडीखोलामा कोल्ड स्टोर निर्माण भएपछि त्यस क्षेत्रमा उत्पादित तरकारीको भण्डारण गर्ने र उचित मूल्य प्राप्त भएपछि मात्रै बिक्री गर्ने सुविधा किसानले पाउनेछन् ।

ADVERTISEMENT

गत जेठ २ गते नै गाउँपालिकाले कोल्ड स्टोर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाको प्राविधिक मुल्याङ्कन अनुरुप कुल ७ करोड ५७ लाख ९६ हजार लागत अनुमान गरिएकोमा हिमालयन नवोवुद्ध जेभीले सबैभन्दा कम ६ करोँड २८ लाख ४५ हजारमा ठेक्का सकारेका थिए । बोलपत्रमा दोस्रो नम्बरमा परेको कम्पनी हिमाल एमएम जेभीलेले ठेक्का सकार्ने कम्पनीविरुद्ध मुद्दा दायर गरेपछि तत्कालीन समयमा सम्झौताको काम ह्ुन सकेको थिएन ।

गत माघ ५ गते अदालतले सो रिट निवेदन खारेज गरेपछि गाउँपालिकाले कम्पनीसँग सम्झौता गरेको छ । २ वर्षभित्र काम सक्याउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको मनहरी ३ का वडाध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिए ।

ADVERTISEMENT

कोल्डस्टोर निर्माणको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ करोड २० लाख रुपैयाँ बिनियोजन गरेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । आगामी वर्ष थप बजेटको व्यवस्था गरी कोल्ड स्टोर निर्माण पूरा गर्ने गाउँपालिकाको योजना छ । हाँडीखोलामा उत्पादन हुने तरकारी तथा बालीले उचित मूल्य नपाउँदा किसानहरु मर्कामा पर्ने गरेको बताउँदै अध्यक्ष कालाखेतीले कोल्ड स्टोर निर्माण पछि किसानले तरकारी तथा बाली भण्डारण गरी उचित समयमा बिक्री गरी राम्रो मूल्य पाउन सक्ने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति : शुक्रबार, २०८० माघ १२, १६ :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट