Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

४ वर्षकी छोरीलाई निर्मम यातना दिने बाबु हेटौँडाबाट पक्राउ


हेटौँडा । आफ्नी ४ वर्षको छोरीलाई निर्मम यातना दिने एकजना बाबुलाई मकवानपुर प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भई हेटौँडा ५ सिंचाई टोल डेरा गरि बस्ने २७ वर्षका रामजी मण्डल रहेका छन् ।

ADVERTISEMENT

मण्डलले नाबालिका छोरीको हात, अनुहार, कानमा टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्दिने गरेको पाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

साढे ४ वर्षकी छोरीको हात, गालामा टोकेर गहिरो घाउँ बनाउने, कान टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्ने गरेको स्थानीय छिमेकीले देखेपछि सिविन बाल हेल्प लाईनको सहयोगमा मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए ।

मण्डलले नाबालिका सहित श्रीमतिलाई पनि नियमित यातना दिने गरेको थाहा पाएपछि आफुहरुले उनको डेरामा अनुगमन गर्दा बाबुको यातनाबाट गम्भिर अवस्थामा रहेको नाबालिकालाई उद्धार गरेको सिवन बाल हेल्प लाईन मकवानपुरका प्रवन्धक झविन्द्र ज्ञावलीले बताए ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० पुस २२, ११ :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट