Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

अकोराब मकवानपुरको अध्यक्षमा तिलक अधिकारी सर्वसम्मत


सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, मकवानपुरको अध्यक्षमा तिलक अधिकारी सर्वसम्मत चयन भएका छन् ।  शनिबार हेटौंडामा भएको प्रथम जिल्ला सम्मेलनबाट शक्ति एफ.एम. १०३.४ मेगाहर्जका सञ्चालक अधिकारी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

ADVERTISEMENT

सम्मेलनको बन्द सत्रले रेडियो मकवानपुरलाई उपाध्यक्ष, रेडियो मनहरीलाई सचिव, रेडियो पालुङलाई कोषाध्यक्ष पदको जिम्मेवारी दिएको छ । मकवानपुरमा रहेका ८ वटा सामुदायिक रेडियो मध्ये बाँकी चार ( रेडियो इन्द्रसरोबर, रेडियो निकास, रेडियो सन्देश र रेडियो झुरझुरे ) सदस्य रहने गरी नयाँ कार्यसमिति चयन गरिएको हो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको सम्मेलन अकोराब मकवानपुरका संयोजक राजकुमार केसीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मेयर लामाले सामुदायिक रेडियोले दूरदराजका जनताका आवाजलाई बुलन्द पार्नुपर्नेमा जोड दिइन् । विकसित मुलुकहरुमा समेत महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा रेडियो रहेको कुरा स्मरण गर्दै उनले मकवानपुरका सञ्चारमाध्यमसँग हातेमालो र सहकार्य गर्न उपमहानगरपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् ।

ADVERTISEMENT

सम्मेलनको उद्घाटन सत्रमा रेडियो मनहरीका सञ्चालक शिव कुमार काशीले मकवानपुरमा रेडियोको इतिहास, वर्तमान अवस्था र अकोराबले आगामी दिनमा चाल्नुपर्ने कदमबारे प्रस्तावना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अकोराबका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, ब्रोडकास्टिङ एशोसिएसन नेपाल (बान)का बागमती प्रदेश अध्यक्ष गंगा पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी,समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाईँ, अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान)का अध्यक्ष धर्मेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रकाशित मिति : शनिबार, २०८० अशोज ६, १७ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट