Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सचेतना कार्यक्रम


हेटौंडामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं राष्ट्रिय दिवस मनाइएको छ ।

ADVERTISEMENT

मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता : सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आज विभिन्न संघसस्थाहरुले सचेतनामुलक कार्यक्रम गरी दिवस मनाएको हो । हेटौंडामा रहेका माइती नेपाल, साना हातहरु, हिमराइट्स, हेटौंडा उपमहानगरपालिका-११ को कार्यालय, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशलगायतको आयोजनामा हेटौंडा-११ थानाभर्याङमा सचेतना कार्यक्रम गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रममा माइती नेपाल मकवानपुर संयोजक माया लामाले पछिल्लो समय चेलीबेटी बेचबिखन र मानव तस्करको स्वरूप फेरिएको बताइन । उनले पहिले भारतका विभिन्न स्थानसम्म चेलीबेटी बेचिने भएपनि हाल नेपालकै शहरहरुमा चेलीबेटी बेचिन बाध्य भैरहेको बताइन् । उनले बेचबिखनविरुद्ध सरकारले सुक्ष्मढंगले अनुगमन र अनुसन्धान गर्न जरुरी रहेको बताइन् ।

कार्यक्रममा जनचेतनामुलक सामाग्रीहरु प्रदर्शन गरिएको थियो भने नेपालमा चेलीबेटी कसरी बेचिन्छन् र अवस्था कस्तो छ भन्नेबारे जानकारी दिइएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका-११ कि वडाध्यक्ष जुना दाहाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ, माइती नेपालकी संयोजन माया लामा, हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबा, साना हातहरु नेपालका डिकम्बर रुपाचालगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

सन् २००२ मा काठमाण्डौ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ११ औँ शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ सालको भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ।

प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति र स्वरुपमा पनि परिवर्तन आएको छ । पहिले पहिले भारतका प्रमुख सहर हुँदै तेस्रो देश लगेर मानव बेचबिखन हुने गरेकोमा अहिले नयाँ नयाँ बाटो र गन्तव्यमार्फत बेचबिखन हुने गरेको पाइएको छ ।

 

 


प्रकाशित मिति : बुधबार, २०८० भदौ २०, १८ :०८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट