Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

पत्रकार बन्जारा प्रकरणमा महिलाको बयान-‘जाहेरी नपढी सहीछाप गरे, घटना भएको हैन, बुलेटमा देखिएकी मै हुँ’

प्रहरीले गराएको सनाखत कागजसमेत झुठो


हेटौंडाका पत्रकार रमेश बन्जराको जबर्जस्ती करणी अभियोग प्रकरणमा बन्जाराविरुद्ध जाहेरी दिएकी महिलाले आफुलाई झुक्याएर जाहेरीमा सहीछाप गर्न लगाएको बयान दिएकी छिन् ।

ADVERTISEMENT

उनले बन्जाराले जबर्जस्ती नगरेको र आफुलाई अर्कै व्यक्तीले उक्साएर जाहेरीमा सहिछाप गर्न लगाएको अदालतमा बयान दिएकी हुन् । उनले बन्जाराले बसपार्कमा छाडिदिएपछी अर्जुन तिवारी भन्ने व्यक्तिले राप्ती खोला नजिकको सिसौघारीमा लगेर ल्याएको र प्रहरी कार्यालय भित्र रहेको जाहेरीमा सहिछाप गर्नु भनि अह्राएकाले आफुले केहि नबुझी सहिछाप गरेको बताएकी छन् ।

ADVERTISEMENT

उनले जवर्जस्ती करणीको जाहेरी भन्ने थाहा पाएको भए सहिछाप गर्ने थिइन भनि बयान दिएकी छन् । त्यस्तै उनले घटना भएको समयमा बुलेट मोटरसाइकलमा रहेको व्यक्ति आफुनै भएको र प्रहरीले गराएको सनाखत झुठो रहेको बयान् दिएकी छन्।

घटना भएको भनिएको स्थान र समयमा पत्रकार बन्जारा हेटौंडाको ओम भवन अगाडी देखिएका र जाहेरवाला महिला बुलेट मोटरसाइकलमा देखिएको सिसिटिभी फुटेज हेटौंडाखबरबाट सार्वजनिक भएको थियो । त्यसपछी प्रहरीले जाहेरी दिने महिलालाई उक्त मोटरसाइकलमा रहेको महिला म होइन भन्ने सनाखत कागज बनाएको थियो ।

ADVERTISEMENT

तर अदालतमा ति महिलाले प्रहीले बनाएको उक्त सनाखत कागज झुठो भएको बयान दिएकी छन् ।

गत ३१ चैतमा एक महिलाले आफुलाई बन्जाराले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिईन् । बन्जारा हाल पुर्पक्षका लागि भीमफेदी कारागारमा छन् ।

पत्रकार बन्जारा प्रकरण- बुलेटवाला अर्जुन तिवारी भएको पुष्टि

पत्रकार बन्जारा प्रकरण- बुलेट बाइक वाला को हो ? किन गर्दैन प्रहरीले अनुसन्धान ?

अपरिचित महिला प्रयोग गरी हेटौंडाका पत्रकार बन्जारालाई फसाउने प्रयास ( हेर्नुहोस् सिसिटिभी फुटेज)


प्रकाशित मिति : सोमवार, २०८० साउन २९, १८ :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट