Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

हेटौंडाका बैंक अगाडी उद्योगी व्यवसायीहरुको प्रदर्शन


हेटौंडाका उद्योगी व्यवसायीहरुले बैंक व्याजदर घटाउन माग गर्दै हेटौंडाका विभिन्न बैंक अगाडी विरोध प्रर्दशन गरेका छन् ।

ADVERTISEMENT

बैंकको चर्को ब्याजदर वृद्धि र कारोबारको २० देखि २५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको विरोध गर्दै यहाँका व्यवसायी सडकमा उत्रिएका छन्  । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा चरणबद्ध आन्दोलनमा उत्रिएका यहाँका व्यवसायीले सोमबार हेटौंडाका सबै बैंकपरिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

ADVERTISEMENT

नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल एसोसिएसन मकवानपुरलगायत ३२ वटा बस्तुगत संघहरुले आन्दोलनलाई साथ् दिएका छन् ।

उद्योगि व्यवसायीले ‘बैंकमा रकम जम्मा नगरौं’ लेखेको ब्यानरसहित बैंक परिसरमा ब्याजदर बढाउन पाइदैन, अपराधी बैंक चाहिदैन’ जस्ता नारासमेत लगाएका छन् ।

ADVERTISEMENT

महँगो ब्याजदर , प्रिमियम दर नियन्त्रण गर्नु पर्ने तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य बन्द गरिनु पर्नेलगायतका मागसहित यहाँका उद्योगी व्यवसायी आन्दोलनमा छन्  ।


प्रकाशित मिति : सोमवार, २०७९ फाल्गुन २९, १३ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट