Techie IT
Hetauda Khabar

राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पतालको नयाँ भवन उद्घाटन


राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा हेटौंडा अस्पतालको नव निर्मित भवनको उद्घाटन् गरिएको छ ।

संघिय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा निर्माण भएको ३ तीले भवनको मंगलबार राष्ट्रपति भण्डारीले उद्घाटन् गरिन्। नेपाली सेवाको हेटीकोप्टर मार्फत हेटौंडा आएकी भण्डारीले अस्पतालको भवन उद्घाटन्  गर्दै अस्पतालका बिभिन्न्न बिभाग अवलोकनसमेत गरेकी छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा घरघरमा पुर्याउनु जरुरी रहेको बताईन् ।

जनस्वास्थ्यका क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनतालाई सर्वसुलब रुपमा स्वास्थ्य सेवा र विद्यार्थीलाई सुपथ शुल्कमा गुणस्तरीय शिक्षा दिनुपर्ने बताईन्। स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धानमासमेत प्रतिष्ठान अग्रसर भएर अघि बढ्नुपर्ने उनले बताईन् ।

उद्घाटन् कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ लगायतका मन्त्रीहरुको कार्यक्रममा सहभागिता रहेको थियो  ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय, स्वास्थ्य-जिवनशैली

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट