Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

हेटौंडा अस्पतालको नयाँ भवन उद्घाटन गर्न राष्ट्रपति आउने


राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्ने भएकी छिन् । अस्पताल भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी फागुन ९ गते हेटौंडा आउने भएकी हुन् ।

ADVERTISEMENT

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै अस्पताल भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएको जनाकारी दिएको हो ।

ADVERTISEMENT

संघीय सरकारको बजेटबाट निर्माण भएको उक्त भवनमा ७० शय्या अस्पताल सञ्चालनको क्षमता रहेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए । नयाँ भवन निर्माण भएसँगै अस्पतालमा थप सेवा र सुविधा विस्तार गरी सञ्चालन भइरहेको उनको भनाई छ ।

राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएसँगै तयारी तीव्र पारिएको चौलागाईंले बताए । उनका अनुसार कार्यक्रमका लागि अस्पतालले ४ वटा उपसमितिहरू निर्माण गरी तयारी थालिएको छ । राष्ट्रपति भण्डारी आउने कार्यक्रमको लागि अस्पतालको भवन वरपर सरसफाइ तथा रंगरोगन, मन्च व्यवस्थापन, प्रचार प्रसार तथा सुरक्षा व्यवस्थाको कामलाई तीव्रता दिएको उनको भनाई छ ।

ADVERTISEMENT

अस्पतालको पुरानो भवन साँघुरो भएपछि र सेवाग्राहीको चाप बढ्दा सेवा प्रवाहमा समस्या हुँदै आएको उनले बताए । उनका अनुसार नयाँ भवनबाट सेवा प्रवाह थालेपछि भने केही समस्याहरू समाधान भएपनि अझै थुप्रै सुधारहरू गर्न बाँकी रहेको छ । हाल दैनिक ७-८ सयको दरमा बिरामीहरू आउने गरेको उनले बताए ।

संघीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा निर्माण भएको उक्त भवनमा हाल २०० शैयाको अस्पताल सञ्चालन भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्थानका रजिष्ट्रार एवम् हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँले बताए ।

नयाँ भवन निर्माण भएसँगै हेटौंडा अस्पतालले आफ्ना सेवाहरू र जनशक्ति थप गरेर उपचारको कामलाई गुणस्तरीय बनाउँदै अघि बढेको उनले बताए । उनका अनुसार हाल हेटौंडा अस्पतालमा विशेषज्ञ चिकित्सकहरूसहितको सेवा दिँदै आएको र हाल २४ सै घण्टा सिटी स्क्यान सेवा, आइसियु सेवाहरू सञ्चालनमा रहेको छ । अस्पतालले केही समयमा नै एमआरआई सेवा र बालबालिकाका लागि एनआइसियू, पिआइसियू सेवा थप गर्ने तयारी भइरहेको उनले बताए ।

अस्पतालमा तत्कालीन विकास समितिको ६० शय्या र सरकारको ५० शय्या, नयाँ भवनको ७० शय्या तथा अतिरिक्त २० शय्या थप गरी २०० शय्या सञ्चालन रहेको छ । अस्पतालमा नाक, कान, घाँटी, बालरोग, स्त्रीरोग, छाला लगायतका रोगका बिरामीका लागि विशेषज्ञ सेवा प्रदान गर्दै आएको अध्यक्ष प्रसाईँले बताए ।


प्रकाशित मिति : आइतवार, २०७९ फाल्गुन ७, २१ :३३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट