Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

माल्दिभ्स १३ रनमा अलआउट, नेपाल अपराजित रहदै क्वाटरफाइनलमा


काठमाडौं, १ फागुन । नेपालले माल्दिभ्समाथि फराकिलो जित हासिल गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समुह डी को अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित हासिल गरेको हो ।

ADVERTISEMENT

नेपालले दिएको २२८ रनको लक्ष्य पछाएको माल्दिभ्स १३.५ ओभरमा १३ रन मात्र बनाएर अलआउट भएपछि नेपाल २१४ रनले विजयी भएको हो ।  यस अघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २२८ रन बनाएको थियो ।

ADVERTISEMENT

नेपालका लागि रुबिना क्षेत्रीले शतकीय पारी खेलेकी थिइन् । रुबिनाले टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट पहिलो शतक बनाउदै नयाँ किर्तिमान बनाएकी छन् । यस खेलमा रुबिनाले अविजित ११८ रन बनाएकी थिइन्  ।

त्यस्तै पुजा महतोले अविजित ५९ रन बनाएकी थिइन् । रुबिना र पुजाले पाँचौं विकेटका लागि १६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यो नेपालको महिला क्रिकेटमा कुनै पनि विकेटका लागि भएको अहिलेसम्मको उच्च साझेदारी हो ।

ADVERTISEMENT

त्यसैगरी यस खेलमा कबिता कुँवरले १३, सिता राना मगरले १५ रन बनाएकी थिइन् । यो जितपछि नेपाल समुह डी मा अपराजित रहदै क्वाटरफाइनलमा पुगेको छ । समुह डी बाट नेपालसँगै हङकङ दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ ।


प्रकाशित मिति : मङ्लबार, २०८० फाल्गुन १, १६ :०२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट