Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु गर्न सम्झौता


हेटौंडा अस्पतालमा पनि अब मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

ADVERTISEMENT

प्रतिष्ठानका कुलपति समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको उपस्थितिमा मंगलबार भएको सेवा विस्तार सम्बन्धी समझदारी पत्रमा प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशी र केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।

ADVERTISEMENT

सो सम्झौता पत्रमा आर्थिक वर्ष २०७९/०८० भित्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडामा प्रत्यारोपण कार्य शुरु गर्ने, बागमती प्रदेश अन्तर्गतका विभिन्न अस्पतालहरुमा डायलाइसिस सेवा विस्तार गर्ने, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले कर्मचारीहरुको लागि जनशक्तिको तालिम, अध्यापन आदि व्यवस्थापन गर्ने, मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउने लगायतका विषय उल्लेख छ।

यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडाका स्वास्थ्यकर्मीहरुलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपाण केन्द्र, भक्तपुरमा मृर्गौला प्रत्यारोपण फेलोशिप, एम.सि.एच युरोलोजी, डि.एम. नेफ्रोलोजि, नर्सिङ्ग विषयको स्नातक तथा स्नात्तोकोत्तर तह लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य गर्ने लगातका बुँदाहरुमा उल्लेख छ।

ADVERTISEMENT

हस्ताक्षर कार्यक्रम पछि बोल्दै मुख्य मन्त्री पाण्डेले प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष चासोका साथ हेरिएको भन्दै प्रतिष्ठान अन्तरगर्तको हेटौडा अस्पतालमा मिर्गौला प्रत्यारोपण कार्यलाई विशेष प्राथमिकाताका साथ अगाढी बढाउने बढाउने बताए।


प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर २०, २० :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट