Techie IT
  • १० चैत्र २०८२, मंगलबार
Hetauda Khabar
  • १० चैत्र २०८२, मंगलबार

हेटौडाको कृषि, तथा पर्यटन महोत्सवमा अर्धनग्न नृत्य, चौतर्फी विरोध


जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौडामा जारी कृषि, खेलकुद तथा पर्यटन महोत्सव पुनः विवादमा तानिएको छ। महोत्सवभित्र डान्स बारमा जस्तो अर्धनग्न नृत्य प्रस्तुत गरिएको भन्दै स्थानीयवासी तथा सरोकारवालाहरूले तीव्र विरोध जनाएका छन्।

ADVERTISEMENT

महोत्सवको नाममा पारिवारिक वातावरणमा सञ्चालन हुनुपर्ने कार्यक्रममा यस्ता प्रस्तुति देखिनु अनुचित भएको भन्दै आलोचना बढ्दै गएको हो। विशेषगरी बालबालिका तथा परिवारसहित आउने आगन्तुकहरूका लागि यस्तो गतिविधि अनुपयुक्त रहेको स्थानीयको भनाइ छ।

ADVERTISEMENT

आगन्तुकहरूका अनुसार साँझपख हुने सांगीतिक कार्यक्रमअन्तर्गत केही प्रस्तुति डान्स बार शैलीमा प्रस्तुत हुने गरेको छ, जसले महोत्सवको मूल उद्देश्य र मर्यादामाथि नै प्रश्न उठाएको छ। “कृषि, खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने भनिएको कार्यक्रममा यस्तो खालको नृत्य देखिनु अस्वाभाविक हो,” एक दर्शकले गुनासो गरे।

यसअघि नै महोत्सवमा मनपरी प्रवेश शुल्क, पार्किङ शुल्क, गुणस्तरहीन तथा मिति हेरफेर गरिएको खाद्य सामग्री बिक्रीजस्ता विषयमा विवाद भइरहेका बेला अब सांस्कृतिक प्रस्तुतिको स्तरमाथि समेत प्रश्न उठ्न थालेको छ।

ADVERTISEMENT

सरोकारवालाहरूले यस्ता प्रस्तुति तुरुन्त रोक्न, कार्यक्रमलाई मर्यादित र पारिवारिक बनाउन तथा महोत्सवको उद्देश्यअनुसार सञ्चालन गर्न आयोजकसँग माग गरेका छन्। तर, हालसम्म आयोजक तथा सम्बन्धित निकायबाट यस विषयमा स्पष्ट धारणा सार्वजनिक भएको छैन।

लगातार बढ्दो विवाद र विरोधका बीच महोत्सवको विश्वसनीयता तथा उद्देश्य दुवै संकटमा परेको देखिन्छ। मेला, संस्कृति तथा मनोरञ्जनको नाममा अर्धनग्न नृत्य गराउनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेको छ।

यो पनि पढ्नुहोस् 

हेटौंडाको महोत्सवमा कालोबजारी- प्रशासनको अनुगमनले हावा खायो, स्थानीय सरकार माथि मिलेमतोको आशंका

हेटौंडाको महोत्सवमा कालोबजारी- स्वास्थ्यमाथि गम्भीर खेलवाड, अधिकांस अखाद्य बस्तु बिक्री

हेटौंडाको महोत्सवमा अबैध असुली धन्दा- तत्काल कारबाही गर्न र अवधि घटाउन निर्देशन

हेटौंडाको कृषि, व्यापार तथा पर्यटन महोत्सवमा बाह्य स्टलको प्रभुत्व, उद्देश्य माथि प्रश्न

हेटौडाको महोत्सव: फुटपाथे सामानले भरिभराउ, प्रवेश शुल्कमा मनपरी

हेटौंडामा जारी महोत्सवमा ठगी धन्दा- पार्किङ्गको नाममा गैरकानुनि असुली, स्थानीय सरकार बेखबर

हेटौंडामा मेलाको नाममा ठगी धन्दा, आयोजकद्वारा गुण्डा परिचालन


प्रकाशित मिति : मङ्लबार, २०८२ चैत्र १०, १९ :४९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट